प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले रुकुमका क्रियाशील पत्रकार राजु लामिछानेलाई सम्मान गरेको छ । चौरजहारी नगरपालिका –१ रुकुम पश्चिम निवासी पत्रकार लामिछानेलाई पत्रकारिता क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
शनिबार दैलेखको कोतगढीमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको ऐतिहासिक तेस्रो प्रदेश अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो ।
लामिछाने विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । हाल उनि गोरखापत्र राष्ट्रिय दैनिकलगायतका मिडियामा कार्यरत छन् । सुशासन र सामाजिक सवालमा उनले बढी कलम चलाउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies