काठमाडौं : एनएमबि बैंकले एघारौं हेरिटेज वाक सम्पन्न गरेको छ । बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरी किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, किर्तिपुर महानगरपालिका प्रतिनिधिहरु, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग सात सय ५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग र किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies