ओबराज शाही/मध्यान्ह
हुम्ला : यस वर्षको माध्यामिक शिक्षा परीक्षा(एसईई) मा हुम्लामा २१ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
नियामिततर्फ ११ सय ७६ जनाले फारम परेकोमा परीक्षामा २१ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रविधि सहायक योगेश आले मगरले जनकारी दिए ।
आले मगरका अनुसार जिल्लाका ६ वटै परीक्षा केन्द्रमा नियमिततर्फ ११ सय ५३ जना परीक्षार्थी सहभागी भएका छन् । यसमा प्रविधि धारका ८१ जना, ग्रेटवृद्धि चार जनाले परीक्षामा सहभागी जनाएका छन् । ग्रेटवृद्धि तीन जना अंग्रेजी विषयमा सहभागी भएनन् ।
जिल्लाका ६ वटै परीक्षा केन्द्रमध्ये मानसरोवर माध्यमिक विद्यालयमा १ जना, बालमन्दिर माध्यामिक विद्यालयमा ७ जना, हिमज्योति माध्यमिक विद्यालयमा २ जना परीक्षार्थी अनुउपस्थित भएका छन् भने सूर्यदय माध्यमिक विद्यालयमा २ जना, मदना माध्यमिक विद्यालयमा ७ जना र कोट माध्यमिक विद्यालयमा २ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाले जनाएको छ ।
रजिष्ट्रेशन फारम भने ११ सय ९४ जनाले भरेका थिए । जिल्लाका ६ वटै परीक्षा केन्द्रमा शान्त वातावरणमा परीक्षा सञ्चालन भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies