सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : मालारानी गाउँपलिकाकी उपाध्यक्ष दिपा पोख्रेलले आफनो क्षेत्रमा हुने सबै विकास निर्माणका कार्य जनस्तरबाट निरन्तर अनुगमन र खबरदारी हुनुपर्ने बताएकी छन् । मालारानी गाउँपालकाको खनदह, खनार डाडाँकटेरी मोटरबाटो निर्माण कार्यको अनुगमन गर्दै उनले आफनो क्षेत्रमा हुँदै गरेको कार्य कस्तो भएको छ भनेर स्थानीयले चासो राख्नुपर्ने बताइन् ।
विकास निर्माणको काममा सबैलाई चासोका साथ हेर्न र चित्त बुझ्दो काम नभएमा तत्काल पालिकालाई जानकारी गराउनसमेत आग्रह गरिन् । सबै स्थानीयलाई प्राविधिक ज्ञान नहुने भन्दै उनले आयोजनामा कस्ता साम्रगी प्रयोग भएको छ, निर्माण गरिएका संरचनाहरुमा पानी राख्ने कार्य भए-नभएको र निर्माण व्यवसायीले कतिसम्मका काम कसरी लिने समझौता भएको छ भनेर सम्बन्धित कार्यालयका प्राविधिक र साइट इन्चार्जसँग बुझेर सोहीअनुसारको कार्य भए-नभएको निरन्तर अवलोकन गर्नुपर्ने पोख्रेलले बताइन् ।
आफनो गाउँठाउँमा हुने विकास निर्माणका कार्यमा स्थानीयले रेखदेख गरेमात्रै गुणस्तरीय काम हुने उपाध्यक्ष पोख्रेलले बताइन् । निर्माण व्यवसायीले प्रयोग गर्ने सामग्रीको गुणस्तर चेकजाँच गर्नका लागि मालारानी गाउँपालिकाले ल्याबसमेत सञ्चालनको तयारी गरेको पोख्रेलले जानकारी दिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies