२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जाजरकोटमा चट्याङ लागेर महिलाको मृत्यु

Nada
कुलेन्द्र शाही
२०८१ भदौ २९ गते २१:२१
Shares
जाजरकोटमा चट्याङ लागेर महिलाको मृत्यु

सुर्खेत : जाजरकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–२ पोखरा बस्ने ५५ वर्षीया कोसिला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

ncell

शनिबार साँझ ५ बजेर ४० बजेको समयमा घर नजिकै चट्याङले उनी घाइते भएकी थिइन् । उनलाई जिल्ला अस्पताल जाजारकोट लगिएको थियो । उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । चट्याङ लागेर घर नजिकै बाधेको एक भेडा समेत मरेको छ ।

ताजा खबर

सम्बन्धित खबर