२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भूतखेलमा सरसफाइका साथै डस्टबिन हस्तान्तरण

Nada
२०८१ भदौ २९ गते २०:०६
Shares
भूतखेलमा सरसफाइका साथै डस्टबिन हस्तान्तरण

काठमाडौं : काठमाडौंको भूतखेलमा एक सय जना भन्दा बढीको संलग्नतामा सरसफाइ कार्यक्रम गरिएको छ । भूतखेल जुम्बा योग परिवारको संयोजन तथा लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा टोखा नगरपालिका वडा नम्बर ३ भूतखेलमा सरसफाइ गरिएको हो । 

ncell

कार्यक्रममा टोखा ३ का वडाध्यक्ष रमेश डंगोलको उपस्थितिमा लायन्स क्लब अफ काठमाडौंको जोन चियर पर्सन सहश्रा पौडेल, अध्यक्ष सपना न्यौपाने पौडेल, सचिव भुवन श्रेष्ठ, कोषाध्यक्ष धनु गुरूङ, भुतखेल जुम्बा योग परिवारको तर्फबाट अध्यक्ष बुद्ध श्रेष्ठ, संरक्षकहरू गुरू अंकिता सिलवाल खनाल, एल बि रायमाझी, भुवन श्रेष्ठ, दिनेश प्रसाद सिटौलाले मिलेर इन्द्रयणी भुतखेल सामुदायिक वन समुहका अध्यक्ष सुर्यमान डंगोललाई ३ थान डस्टबिन हस्तान्तरण गरेका थिए । 

कार्यक्रम सञ्चालनको लागि मास्क र पन्जा लायन्स क्लबले र चियापानको व्यवस्था जुम्बा परिवारले गरेको थियो । कार्यक्रममा आयोजक लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष सपना पौड्याल र सचिव भुवन श्रेष्ठले आगामी दिनमा यस्तै कार्यक्रम गरिने प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा क्लबका रिजनल चियर पर्सन उपेन्द्र कुमार पौडेल, जोन चेयरपर्सन सहर्ष पौडेल, लियो गभर्नर अभय थापा, क्लबका पिभिएसटी टिम र सदस्यको साथै भूतखेल जुम्बा योग परिवारका संयोजकहरू गुरू अंकिता सिलवाल खनाल, लाल बहादुर रायमाझी, भुवन श्रेष्ठ र दिनेश प्रसाद सिटौलाका साथै सदस्यहरु तथा टोखाका स्थानीय बासिन्दा र बुद्धिजीविहरुको समेत उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर