२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

आत्महत्या न्यूनीकरण गर्न दृष्टिकोण बदल्नुपर्नेमा जोड

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ २५ गते २२:०१
Shares
आत्महत्या न्यूनीकरण गर्न दृष्टिकोण बदल्नुपर्नेमा जोड

अर्घाखाँची : पछिल्ला वर्षहरुमा आत्म हत्याका घटनाका कारण थप चुनौती थपिएको छ । समाजमा सामाजिक चुनौतीका रुपमा रहेको आत्महत्यालाई राज्यले नै जनस्वास्थ्यको समस्या मानेर रोकथामका प्रभावकारी उपाय अपनाउन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

ncell

आत्महत्याको समग्र घटनाको विश्वव्यापी तुलनात्मक अध्ययनले धेरै आत्महत्या हुने सूचीमा राखेको छ । विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशहरुमध्ये नेपाल आठौँ नम्बरमा परेको तथ्याकले देखाएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ‘आत्महत्याको रोकथाम बारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एवम् सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सामाजिक तथा पारिवारिक, गरिबी, आर्थिक समस्या, लगायका विभिन्न कारणहरुले धेरै आत्महत्याका घटनाहरु हुने गरेको भन्दै यसको रोकथामका लागि जिल्ला प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले अभियान नै सञ्चालन गर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एवम सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले आत्महत्या समाजको जटिल समस्याको रुपमा देखिएकोले आत्महत्या न्यूनीकरणका लागि अभियान नै चलाउनुपर्ने भन्दै उक्त कार्यका लागि क्रियाशिल समिति बनाइ अगाडि बढ्नुपर्ने बताइन् ।

नगर स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आत्महत्याका कारण,चुनौती र रोकथामका सन्दर्भमा विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपन कार्कीले प्रहरीले आत्महत्या न्यूनीकरणको कार्यक्रम प्रहरीले अभियानकै रुपमा वडा तहसम्म नै सञ्चालन गरेको भन्दै पहिल्लो ४ वर्षमा अर्घाखाँचीमा १८२ जनाले आत्महत्या गरेको बताए ।

ताजा खबर

सम्बन्धित खबर