२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

महम्मद्पुर माविमा खानेपानी जडान गरिँदै

Nada
कृष्ण तिवारी
२०८१ भदौ २५ गते २१:५९
Shares
महम्मद्पुर माविमा खानेपानी जडान गरिँदै

रौतहट : रौतहटको गरुडा नगरपालिका–५ स्थित महम्मद्पुर माध्यमिक विद्यालयमा शुद्ध, स्वच्छ खानेपानी जडान गरिने भएको छ । दुषित पानीबाट विद्यार्थीहरुलाई विभिन्न किसिमका रोग लाग्न सक्ने जोखिम भएको  हुँदा कुनै प्रकारको रोग नलागोस् भन्ने उद्देश्यले आरडीसी नेपाल भन्ने संस्थाले माध्यामिक विद्यालय महम्मदपुरमा धारासहितको शुद्ध स्वच्छ खानेपानी जडान गर्न लागेको विद्यालयका प्रधानाध्यापक राम नारायण यादवले बताए । 

ncell

शुद्ध खानेपानीको अभावमा विद्यार्थीहरु वर्षौदेखि दुषित पानी खान बाध्य हुँदै आएको अवस्थालाई मध्ये नजर गरी आफ्नै पहलकदमिमा आरडीसीद्वारा लाखौंको लागतमा शुद्ध स्वच्छ खानेपानी जडान गर्न लागेको प्रधानाध्यापक यादवले बताए ।

कक्षा १ देखि १२ कक्षासम्म पढाई हुने उक्त विद्यालयमा ठूलो  संख्यामा विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

तीनवटा ट्याङ्की भएको अत्याधुनिक डिजाइनको धारासहितको जडान हुन लागेको खानेपानी निर्माण भइ सुचारु भएपछि सो विद्यालयका हजारौं विद्यार्थी लाभान्वित हुने छन् । खानेपानी निर्माण कार्य अन्तिम चरणमा रहेको र अब एक साता भित्रमा नै सुचारु हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर