२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? : सांसद पराजुली

Nada
२०८१ भदौ २४ गते १६:३९
Shares
धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? : सांसद पराजुली

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका छन् ।

ncell

करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गरेका हुन् 

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।

उनले भने, ‘अब म माननीय गुरुङको बारेमा छानबिन हुन्छ कि हुँदैन ?’ गुरुङमाथि छानबिनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर समेत उनले प्रश्न गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर