२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राष्ट्रिय कृषक समूह महासंघ नेपाल सिरहाले मनायो स्थापना दिवस

Nada
राम पुकार यादव
२०८१ भदौ २३ गते २०:३२
Shares
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सिरहाले मनायो स्थापना दिवस

सिरहा : राष्ट्रिय कृषक समूह महासंघ नेपाल सिरहाले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा ७ स्थित श्री रजै जनकलाल माध्यमिक विद्यालय बलहिको प्राङ्गणमा विभिन्न प्रजातिका विरुवा रोपेर  महासंघले १४ औं स्थापना दिवस मनाएको हो । महासंघको स्थापना दिवसको अवसरमा  एक औपचारिक कार्यक्रमसहित करिब सयौं विरुवा रोपिएको थियो । 

ncell

भुपू प्रदेश सभा सदस्य नरेश कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु केन्द्रीय सदस्य कविता देवि महतो, राष्ट्रिय कृषक महासंघ मधेश प्रदेश  अध्यक्ष दिपक कुमार ठाकुर, सचिव जामुन यादव, किसान महासंघ सिरहाको भुपू अध्यक्ष प्रदीप कुमार दनुवार, प्रदेश महासंघ सदस्य खुशीलाल यादव लगायत किसानहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा भुपू सभा सदस्य तथा कार्यक्रमको प्रमुख अतिथि नरेश कुमार यादवले राष्ट्रिय कृषक महासंघको १४ औं स्थापना दिवसको अवसरमा मन्तव्य राख्दै किसानसँग प्रत्यक्ष रुपमा जोडिएको यो समूह महासंघको विकास जति तीव्रमा बढ्यो भने त्यति नै राष्ट्र र समाजाको आर्थिक सुदृढीकरण हुने बताए । 

ताजा खबर

सम्बन्धित खबर