२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पर्वतकी गंगा दमाईको उपचारका लागि सहयोगको अपिल

Nada
२०८१ भदौ २२ गते २१:०८
Shares
पर्वतकी गंगा दमाईको उपचारका लागि सहयोगको अपिल

काठमाडौं : पर्वतको जलजला गाउँपालिका ७ धाइरीङकी ५५ वर्षीया गंगा दमाईले उपचारमा सहयोगको अपिल गरेकी छन् । 

ncell

हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइ रहेकी दमाईलाई तल्लो पेट फुल्ने, दुख्ने, श्वास फेर्न गाह्रो भएपछि पोखरा पश्चिमाञ्चल अस्पतालमा चेकजाँच गराएपछि अस्पतालले पाठेघरको क्यान्सरको शंका गरेर विपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा रिफर गरेको थियो । 

बिरामीको अवस्था सिरीयस नदेखेपछि अस्पतालले भर्ना लिन मानेन् । बिरामीको परिवारले बाहिर बस्दै चेकजाँच गर्दै आएका थिए । अचानक गाह्रो भएपछि बिरामीलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । नियमित उपचार हुँदै गएपछि क्यान्सर भएको प्रमाणित भएको थियो । उपचार गर्न ठूलो रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सहयोगको अपिल गरेको छ । 

‘श्रीमान बिरामी भएको धेरै दिन भएको छैन, तर परिवारमा यति ठूलो ब्रजपात भएको छ’ गंगाले भनिन् । 

यता छोरी अनिता निजि बोर्डिङमा पढाएर परिवारको जोहो गर्दे आएकी छन् । छोरा खर्च जुटाउन छिमेकी मुलुक भारत गएका छन् ।

उनको उपचारका लागि सहयोग गर्न चाहनेले अनिता दर्जीको एनएमबी बैंकको खाता नम्बर १२१०२००९४१७००१२, वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिनेछ । 

ताजा खबर

सम्बन्धित खबर