२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

Nada
२०८१ भदौ २२ गते १८:२२
Shares
जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

जाजरकोट : जाजरकोटमा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नलगाड नगरपालिका–३ कैना बस्ने हरिचन्द्र थापाका ६ वर्षीय छोरा मोहन थापा रहेका छन् ।

ncell

शनिबार बिहान ११:३० बजेको समयमा साथीहरूसँग घर नजिकै रहेको झुम्रे ठाडो खोलामा नुहाउन गएका मोहनलाई खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर