२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जुम्लाबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना, ८ जना घाइते

Nada
कुलेन्द्र शाही
२०८१ भदौ २२ गते १७:३९
Shares
जुम्लाबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना, ८ जना घाइते

सुर्खेत : कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जुम्लाको सिँजादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी शनिबार दिउँसो साढे २ बजेको समयमा कालिकोटको तिलागुफा–५ खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर र ३ को अवस्था जना सामान्य रहेका छन् ।

ncell

१४ सवार गाडी अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जुम्लाको सिंजा–३ का ५२ वर्षीय  धनमाने सार्की, वर्ष ६० का मनजिते सार्की वर्ष ६५ का जर्म सुनार, वर्ष ६४ का जोरे सार्की, वर्ष ५७ को परिदत्त शर्मा वर्ष ६४ की मनकन्या चौला रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए । यस्तै जुम्ला कनकासुन्दरी ६ बस्ने वर्ष ३९ का कर्ण भण्डारी, कालीकोटको तिलागुफाका वर्ष २९ का तिलप्रसाद न्यौपाने पनि घाइते भएको उनले बताए । 

घाइतेहरुको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर