२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

विधायन व्यवस्थानसम्बन्धी विधेयक समितिबाट पारित

Nada
२०८१ भदौ १९ गते १९:१६
Shares
विधायन व्यवस्थानसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौं : प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित गरेको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज उक्त विधेयकमाथि दफाबार छलफल गरी आज समितिले संशोधन प्रतिवेदन समिति पारित गरेको हो ।

ncell

“विधेयकलाई व्यवस्थित गर्न यो ऐन बनेको हो, यसअघि  विधेयक व्यवस्थित गर्न ऐन बनेको थिएन”, समितिका सभापति विमला सुवेदीले भनिन्, “ऐन बनाउने प्रक्रियालाई व्यवस्थित गर्न जरुरी थियो, प्रत्यायोजित गरिएका विधेयक किन चाहियो भन्ने बारेमा पनि यसले व्यवस्थित गर्छ ।” उनले पहिलो पटक ऐनलाई व्यवस्थित गर्न विधायन व्यवस्थापनसम्बन्धी कानून बनाइएको बताइन् ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पति भएर राष्ट्रियसभाले पारित गरी प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले थप अध्ययनका लागि लागि समितिमा पठाएको थियो । समितिका सभापति सुवेदीका अनुसार यही भदौ २४ गतेको प्रतिनिधिसभा बैठकमा समितिले पेस गर्ने कार्यक्रम रहेको छ । यही अधिवेशनमा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रियसभामा गएर अनुमोदन गरेपछि ऐन प्रमाणीकरणका लागि जानेछ ।  

उक्त विधेयकमाथि समितिका १७ जना सांसदहरुले संशोधन हालेका हुन् । समितिमा विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल भएपछि तीन वटा बैठक संशोधनको विषयमा छलफल भएको थियो । एक बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो । उक्त विधेयक आज समितिबाट पारित भएको हो ।

ताजा खबर

सम्बन्धित खबर