२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

कपिलवस्तुमा ३ लाख ३६ हजार रुपैयाँ बराबरका पटाका नष्ट

Nada
शहबाज खान
२०८३ कार्तिक २० गते १३:२३
Shares
कपिलवस्तुमा ३ लाख ३६ हजार रुपैयाँ बराबरका पटाका नष्ट

कपिलवस्तु : कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न युनिटबाट बरामद गरेका करिब ३ लाख ३६ हजार रुपैयाँ बराबरका पटाका नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका क्रममा बरामद गरिएका पटाकाहरू नष्ट गरिएको हो ।

प्रहरीले चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटना तथा जनधनको क्षति रोक्नका लागि अवैध पटाका नियन्त्रण अभियानलाई निरन्तरता दिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमुख उपरिक्षक(एसपी) मनोहर प्रसाद भट्टले बताए ।

laxmi recruitement

सम्बन्धित खबर