२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

गहवामाईको रथयात्रा वीरगञ्जमा सम्पन्न

Nada
लालबाबु बानिया
२०८३ असार ३२ गते २१:३२
Shares
गहवामाईको रथयात्रा वीरगञ्जमा सम्पन्न

पर्सा : वीरगञ्ज महानगरपालिकास्थित ऐतिहासिक गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । हजारौँ श्रद्धालुहरूको सहभागितामा निकालिएको रथयात्रा बाजागाजासहित सभ्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो ।

ncell

मन्दिर परिसरबाट सुरु भएको रथयात्रा माईस्थान, घण्टाघर, आदर्शनगर लगायतका मुख्य स्थानहरू हुँदै पुनः गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन गरिएको थियो । बिहान साढे सात बजे रथयात्रा निकाल्ने तय भए पनि वर्षाका कारण केही ढिलाइ भएको थियो ।

यात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी, वीरगञ्ज महानगरपालिकाको नगर प्रहरी तथा मन्दिर समितिका स्वयंसेवकहरू परिचालन गरिएको थियो । साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, हिन्दु तथा मुस्लिम समुदायका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर