२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

जनकपुर भन्सार कार्यालय पूर्ण रूपमा सञ्चालन

shivam cement
मध्यान्ह
२०८२ असोज ७ गते १३:३०
जनकपुर भन्सार कार्यालय पूर्ण रूपमा सञ्चालन

जनकपुर : जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा जनकपुर भन्सार कार्यालयमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । जसकारण भन्सार कार्यालयबाट हुने सबै काम ठप्प थिए ।

जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाकाअनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास यसअघि नै सुरु भइसकेको छ । असोज ५ गतेबाट मुद्दाका कामहरु समेत सुरु गरिएको छ ।

सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा आइसकेको सूचना अधिकारी अवाले जानकारी दिए । 

जेनजी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति भएको अवाले बताए । जनकपुरधामको रेल्वेस्टेसन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको थियो ।

गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise