२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

अमेरिकी एच-वान बी भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते ०९:५२
अमेरिकी एच-वान बी भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी

काठमाडौँ : भारतले अमेरिकी दक्ष कामदार (एच-वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ । दक्ष कामदारका लागि दिइने भिसाको शुल्कले गम्भीर मानवीय असरहरू पार्न सक्ने भएकाले भारत सरकारले चेतावनी दिएको हो ।

भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले हिजो निकालेको वक्तव्यमा यो निर्णयले ठुलो मानवीय संकट आउने प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शुक्रवार नयाँ शुल्क लागू गर्ने आदेश दिएका थिए । यो निर्णय आजदेखि लागू हुने भनिएको छ । यसअघि यस्तो भिसाको शुल्क एक हजार डलर थियो । पहिलेको तुलनामा अब लिने भनिएको शुल्क ६० गुणा बढी रहेको बीबीसीले जनाएको छ ।

एच–वानबी भिसालाई अमेरिकी प्रविधि कम्पनीहरूले विदेशबाट दक्ष कर्मचारी भर्ना गर्न उपयोग गर्छन् । अमेरिकाले एच–वानबी भिसाको सुरुआत सन् १९९० देखि गरेको हो । अमेरिकी सरकारको तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए ।

पछिल्लो तथ्यांक अनुसार यो भिसा पाउनेमा ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन् । यसैबीच, भारतका वाणिज्य मन्त्री पियूष गोयल भोलि अमेरिकी व्यापार प्रतिनिधिहरूसँग वार्ता गर्न अमेरिका जाने खबरमा भनिएको छ । ट्रम्प प्रशासनले भने भिसा प्रणालीको दुरुपयोग भई अमेरिकी कामदारहरूको पारिश्रमिक घटाइएको भन्दै यो कदम चालेको स्पष्ट पारेको छ ।

ADV

सम्बन्धित खबर

Advertise