२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

युएई भिसा : भिजिट बन्द, वर्किङमा कडाइ

shivam cement
२०८२ असोज ५ गते ०६:२५
युएई भिसा : भिजिट बन्द, वर्किङमा कडाइ

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले प्रहरी रिपोर्ट र राहदानीको कभरपेजसमेत लिएर नेपाली कामदारको भिसा जारी गर्ने भएको छ । युएईले गत सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको थियो भने बुधबारदेखि वर्किङ भिसाका लागि पेस भएका निवेदनहरू रद्द हुने प्रतिशत बढेको थियो ।

युएईले आधिकारिक रूपमा वर्किङ भिसा बन्द र खुला गर्ने विषयम जानकारी नदिए पनि वैदेशिक रोजगार व्यवसायीहरूले भिजिट भिसालाई थप कडाइ गरेर वर्किङ भिसा सहज गर्ने रोजगारदाताहरूमार्फत जानकारी पाएको बताएका छन् । 

भदौ २३ र २४ गते नेपालमा सरकार नै परिवर्तन र अकल्पनीय राष्ट्रिय क्षति हुने गरी जेनजी प्रदर्शन भएको थियो । त्यस क्रममा जेल तोडेर १३ हजार कैदी र ठुलो संख्यामा थुनुवा भागेको विषय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ ।

भागेका कैदी र थुनुवा आफ्नो मुलुक छिर्न सक्ने आंकलन गरेर युएईले अस्थायी रूपमा वर्किङ र भिजिट भिसा रोकेको धेरैको आंकलन छ । भागेकामध्ये ८ हजार बढी कैदी जेल नफर्केका कारण आन्तरिक सुरक्षामा चुनौती बढेको बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise