काठमाडौं : भदौ महिनामा करिब ६८ हजार नेपाली युवायुवतीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार भदौमा ६७ हजार ९ सय ७२ जनाको श्रम स्वीकृति भएको छ ।
त्यसमा म्यानपावर कम्पनीमार्फत ३३ हजार १ जना गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ११ हजार ७ सय ७५ जना, जीटुजीमार्फत ९ सय १ जना, पुनः श्रम स्वीकृतिमार्फत २२ हजार २ सय ४० र वैधानिकीकरणमार्फत ५५ जना गएका छन् ।
भदौ महिनामा युएई नेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेकोे छ । समग्रमा २५ हजार २ सय १८ जना गएको युएईमा म्यानपावर कम्पनीमार्फत १७ हजार ४ सय ६ जना गएका छन् ।
दोस्रो ठुलो गन्तव्य कतारमा १० हजार ३ सय ६९ जना गएकोमा म्यानपावर कम्पनीमार्फत ३ हजार १ सय १४ जना गएका छन् । कतारमा रिइन्ट्रीमार्फत जानेको संख्या ६ हजार ४ सय ४० रहेकोे छ । साउदी अरेबियामा १० हजार २ सय १ जना गएकोमा म्यानपावर कम्पनीमार्फत ५ हजार ९ सय ९२ जना, भदौमा मलेसियामा २ हजार ६ सय २६ जना, कुवेतमा १ हजार ९ सय ३७ जना, बहराइनमा म्यानपावर कम्पनीमार्फत ३ सय ६९ जना, साइप्रसमा ६ सय १ जना, जापानमा १ सय ४५ जना, जोर्डनमा ५६ जना, मरिसस्मा ३ सय ६३ जना, ओमनमा ३ सय ८६ जना र बेलायतमा ५ जना गएका छन् । कम्तीमा १ जना कामदार पठाउने म्यानपावर कम्पनीसहित भदौमा ८ सय १९ म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा कामदार पठाएका छन् ।