२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

Nada
२०८२ भदौ १० गते १५:३६
Shares
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

ncell

आज संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका रामहरि खतिवडा र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको छ । सभापति चयनका लागि बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

सम्बन्धित खबर