२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भारतसँगको समझदारी तेस्रो देशको विपक्षमा नभएको चीनको प्रष्टीकरण

Nada
२०८२ भदौ ७ गते १४:१२
Shares
भारतसँगको समझदारी तेस्रो देशको विपक्षमा नभएको चीनको प्रष्टीकरण

काठमाडौँ : चीनका विदेश मन्त्री वाङ यीले भारत र चीनबीचको पछिल्लो समझदारी कुनै तेस्रो देशको विपक्षमा नभएको र यसले अन्य देशलाई असर नपर्ने प्रष्ट पारेका छन् ।

ncell

अमेरिकासँग भारत र चीनको व्यापार तनाव चलिरहेको र नेपालको भूमि लिपुलेकबारे गरिएको समझदारीको विरोध भइरहेका बेला चीनका विदेश मन्त्रीले तेस्रो देशप्रति लक्षित नरहेको बताएका हुन् ।

भारतपछि पाकिस्तान भ्रमणमा रहेका विदेश मन्त्री वाङले इस्लामावादमा आयोजित संयुक्त प्रेस मिटमा यस्तो जवाफ दिएका हुन् । उनले त्यहाँ पाकिस्तानी विदेश मन्त्री इसहाक डारसँग भेटवार्ता गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर