२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

पाकिस्तानको जेलबाट १३० जना अफगानी कैदी मुक्त

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते १७:०६
पाकिस्तानको जेलबाट १३० जना अफगानी कैदी मुक्त

काठमाडौंः गत हप्ता पाकिस्तानी जेलबाट कुल एक सय ३१ जना अफगान कैदी रिहा भएका र सुरक्षित रूपमा अफगानिस्तान फर्केका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मुक्त गरिएका कैदीहरू पाकिस्तानका विभिन्न जेलमा राखिएका थिए । सीमामा सहायता प्राप्त गरेपछि उनीहरूलाई आफ्ना गृह प्रान्तमा लगिएको बताइएको छ ।

यो रिहाइ लामो समयदेखि जारी व्यापक प्रवृत्तिको हिस्सा हो । जुलाईको अन्त्यमा मन्त्रालयको रिपोर्ट अनुसार गत वर्ष पाकिस्तान र इरानको जेलबाट नौ हजार नौ सय ५१ अफगान नागरिक स्वदेश फर्केका थिए ।

जुलाईमा विदेश मन्त्रालयले जनाए अनुसार हाल १० हजारभन्दा बढी अफगान नागरिक विदेशमा बन्दी रहेका छन् । तीमध्ये मुख्यतया इरान र पाकिस्तानमा बन्दी छन् । 

ADV

सम्बन्धित खबर

Advertise