काठमाडौं : बंगलादेशको फौजदारी अनुसन्धान विभागले बंगलादेश एसोसिएसन अफ इन्टरनेसनल रिक्रुटिङ एजेन्सिज (बैरा)का पूर्वमहासचिव रुहुल अमिन स्वपनको ५ अर्ब टाका बराबरको सम्पत्ति जफत गरेको छ ।
विभागले बुधबार विज्ञप्तिमा स्वपनलाई मलेसियाका लागि कामदार पठाउने सिन्डिकेटको 'प्रमुख' भनेर वर्णन गरेको छ । स्वपन जुन १९९७ देखि सञ्चालनमा रहेको क्याथार्सिस इन्टरनेसनल मेनपावर कम्पनीका मालिक हुन् ।
पूर्व अवामी लिग सरकारको कार्यकालमा उनी तत्कालीन अर्थमन्त्री एएचएम मुस्तफा कमलको नजिकको सहयोगीको रूपमा चिनिन्थे । उनले सिन्डिकेटमार्फत मलेसिया जाने प्रत्येक कामदारबाट लाखौं टाका असुल गरेकाे सिन्डिकेटका कारण कामदारको लागत धेरै गुणाले बढेकाे बताइएको छ ।
विभागले मलेसियाका लागि कामदार पठाउने सिन्डिकेटका प्रमुख स्वपन, सम्बन्धित व्यक्ति र कम्पनीसँग लगभग ५ अर्ब टाका बराबरको अचल सम्पत्ति जफत गरिएको बताएको छ ।
अनुसन्धानकर्ताहरूले सिन्डिकेटले कामदारहरूबाट लगभग ८० अर्ब टाका निकालेको थियो, त्यसपछि उक्त रकम जग्गा र सम्पत्तिको स्वामित्वमा शुद्धीकरण गरेको बताएको छ । उक्त रकम व्यापक घरजग्गा निर्माण गर्न प्रयोग गरिएको थियो । त्यसलाई विभागले मनी लन्ड्रिङ कानुनअन्तर्गत पर्ने अपराध भनेको छ ।