२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

विदेशी कामदारको कोटा खाेल्ने मलेसियाकाे निर्णय

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १४:४०
विदेशी कामदारको कोटा खाेल्ने मलेसियाकाे निर्णय

काठमाडौं :  मलेसिया सरकारले विदेशी कामदार कोटाका लागि आवेदनहरू पुन: खोल्ने निर्णय गरेको छ । विशेष क्षेत्र र उपक्षेत्रहरूका लागि काेटा खुला गरिएको मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले जानकारी दिएका छन् ।

उनले गृह मन्त्रालय र मानव संशाधन मन्त्रालयबीचको संयुक्त समितिको बैठकपछि उक्त निर्णय गरिएको बुधबार बताएका छन् । गृहमन्त्री सैफुद्दीनले मन्त्रालयहरूको प्रस्तावको आधारमा तीन क्षेत्र र १० उपक्षेत्रका लागि आवेदन पुन: खोलिने बताए ।

कृषि, वृक्षारोपण, खानी र तिनीहरूका सबै सम्बन्धित उपक्षेत्रहरूमा विदेशी कामदारको काेटा खुला भएको उनले पत्रकार सम्मेलनमा बताए । विदेशी कामदारहरूका लागि आवेदन दिन अनुमति दिइएका उपक्षेत्रहरूमा थोक र खुद्रा, गोदाम, सुरक्षा सेवाहरू, स्क्र्याप धातु, रेस्टुरेन्टहरू, लुगा धुने, कार्गो ह्यान्डलिङका साथै सफाइ सेवाहरू पनि रहेका छन् ।

सरकारी परियोजनाहरूका लागि कन्स्ट्रक्सन र मलेसियन लगानी विकास प्राधिकरणअन्तर्गत नयाँ लगानी संलग्न व्यवसायहरूलाई प्राेडक्सन क्षेत्रमा पनि नयाँ कामदारका लागि आवेदन दिन अनुमति दिइने भन्दै गृहमन्त्री सैफुद्दीनले कुनै पनि "टम, डिक र ह्यारी" लाई कोटाका लागि आवेदन दिन अनुमति नदिने बताए । उनले भने 'पहिले एजेन्टहरूले आवेदन दिन सक्थे, जो कोहीले पनि आवेदन दिन सक्थे, तर अब त्यो सुविधा  छैन ।'

उनले खुला गरिएका क्षेत्र र उपक्षेत्रका उद्योगका लागि राेजगारदाताले पहिले आफ्नो सम्बन्धित मन्त्रालयहरू मार्फत विदेशी कामदार व्यवस्थापनसम्बन्धी प्राविधिक समितिमा आवेदन पेस गर्नुपर्ने बताए । उनले भने, 'वृक्षारोपण सञ्चालकहरूले वृक्षारोपण र वस्तु मन्त्रालयमा,  कृषि सञ्चालकहरूले कृषि र खाद्य सुरक्षा मन्त्रालयमा र रेस्टुरेन्ट व्यवसायीहरूले घरेलु व्यापार र जीवनयापन लागत मन्त्रालयमा आवेदन पेस गर्ने छन् । त्यसमा प्राविधिक समितिले छानबिन गर्नेछ ।' उनले प्राविधिक समितिले आफू र मानव संशाधन मन्त्री स्टिवन सिमको संयुक्त अध्यक्षतामा हुने संयुक्त समितिको बैठकमा अन्तिम स्वीकृतिका लागि पेस गर्नुअघि आवेदनहरू प्रमाणित गरिने  बताए । मलेसियाले सन् २०२५ मा विदेशी कामदार क्षेत्रगत सीमा २४ लाख ६७ हजार ७५६ भन्दा बढ्न नदिने बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise