२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अफगानिस्तानमा आप्रवासी बोकेको बस दुर्घटना, ७३ जनाको मृत्यु

Nada
२०८२ भदौ ४ गते ११:३७
Shares
अफगानिस्तानमा आप्रवासी बोकेको बस दुर्घटना, ७३ जनाको मृत्यु

काठमाडौँ : अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ बालबालिका रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन् । 

ncell

दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको हो ।

बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनालेसमेत ज्यान गुमाएका छन् ।

हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउने क्रमलाई तीव्रता दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर