२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

कोरिया रोजगारीका लागि एक लाखले दिए आवेदन

shivam cement
२०८२ भदौ ४ गते ०६:१५
कोरिया रोजगारीका लागि एक लाखले दिए आवेदन

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि एक लाख जनाले आवेदन दिएका छन् । इपिएस शाखा ग्वार्काेले सन् २०२५ का लागि पाँच हजार नेपाली कामदारका लागि साउन २६ गतेदेखि ३१ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।  त्यसमा एक लाख तीन हजारले आवेदन दिएका हुन् । 

कोरियाले नेपाललाई सन् २०२५ का लागि उत्पादनमूलक क्षेत्रका लागि तीन हजार पाँच सय तथा कृषि पशुपालन क्षेत्रका लागि एक हजार आठ सय कोटा दिएको छ ।

पछिल्ला वर्षहरूमा दक्षिण कोरियाले इपिएस प्रणालीमा नेपाललाई दिँदै आएको कोटा घटाउँदै ल्याएको छ । कोरियाले २०७९ सालमा २२ हजार, २०८० मा ११ हजार र २०८१ मा ११ हजार नेपाली कामदार जिटुजी प्रणालीमार्फत कोरिया लगेको थियो ।

कोरियाले इ–९ र इ–७ गरी दुई वटा भिसा प्रणालीबाट विदेशबाट कामदार लैजाने गरेको छ । इ–९ भिसा सामान्य कामदारका लागि र इ–७ भिसा दक्ष कामदारका लागि दिइने गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर कम्पनी टु कम्पनीमार्फत इ–७ भिसा प्रणाली खुला गरेको छ । इपिएस प्रणालीबाट इ–९ भिसा प्रणालीमार्फत नेपाली कामदार गइरहेको कोरियामा इ–७ भिसा प्रणाली सुरुवात गरे इपिएस प्रणालीमा चुनौती देखापर्ने कतिपयको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise