२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

मिथानोलको उत्पादन र वितरण र्‍याकेट ध्वस्त पारिएको कुवेतकाे भनाइ, गिराेहमा संलग्न २ नेपाली पक्राउ 

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते १०:३०
मिथानोलको उत्पादन र वितरण र्‍याकेट ध्वस्त पारिएको कुवेतकाे भनाइ, गिराेहमा संलग्न २ नेपाली पक्राउ 

काठमाडौं : कुवेतले दर्जनौं आप्रवासी कामदारको ज्यान लिने मिथानोलको उत्पादन र वितरणमा संलग्न एक आपराधिक सञ्जाललाई ध्वस्त पारेकाे बताएको छ । 

प्रथम उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहको निगरानीमा सुरक्षा सेवाहरूले नेपाली नागरिक भुवनलाल तामाङसहित २ जनालाई सालमियामा पक्राउ गरेकाे छ । तामाङलाई  मिथानोल राखेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो । उनले मादक पदार्थ तयार पारेको र बेच्ने गरेको स्वीकार गरेको अरब टाइम्सले जनाएको छ ।

थप सोधपुछको क्रममा भारतीय नागरिक विशाल धन्याल चौहान र नेपाली नागरिक नारायण प्रसाद बस्याललाई पक्राउ गरिएको छ । सञ्जालको मुख्य सञ्चालक बंगलादेशी नागरिक डेलोरा प्रकाश दराजी रहेकोे र उनलाईपनि लाई हिरासतमा लिइएको बताइएकाे छ ।

सुरक्षा कारबाहीमा अधिकारीहरूले अवैध रक्सीको उत्पादन र बिक्रीसँग सम्बन्धित अन्य ६७ जना व्यक्तिहरूलाई पक्राउ गरेकाे बताएका छन् ।  अवैध उत्पादन गर्ने ६ वटा कारखानाहरू पत्ता लगाएर आवासीय र औद्योगिक क्षेत्रमा रहेका चार केन्द्र बन्द गरेकाे उनीहरूले बताएका छन्  । 

कुवेतकाे गृह मन्त्रालयले मिथेनोलले जनस्वास्थ्यको लागि गम्भीर जोखिम र मृत्यु निम्त्याउने चेतावनी दिएको छ । मन्त्रालयले देशको सुरक्षा वा  बासिन्दाहरूको सुरक्षालाई खतरामा पार्ने जो कोहीप्रति आफ्नो शून्य-सहिष्णुता अडानलाई पुन: दाेहोर्‍याएकाे बताएको छ । लागूपदार्थ र मादक पदार्थहरूको ओसारपसार वा प्रवर्धनमा संलग्न सबैलाई  खाेजी अभियान जारी राख्ने कुवेतले बताएको छ । 

विषाक्त मदिरा सेवनबाट कुवेतमा हालसम्म ११ जना नेपाली  कामदारको मृत्यु भएको छ ।  कुवेतस्थित दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले उक्त घटना भएपछि शुक्रबार सँझसम्म ९ जना नेपालीकाे ज्यान गएको खबर आएकोमा शनिबार थप  २ जनाको पनि ज्यान गएको विवरण प्राप्त भएको बताएका छन् । 

मृत्यु हुनेहरू सिन्धुपाल्चोक,बारा, पर्सा र माेरङ लगायतका जिल्लाबाट वैदेशिक राेजगारीमा गएका कामदार रहेका छन् । गतहप्ता मदिरा सेवन गरेका कामदारहरूमा समस्या देखिएको छ । सबैभन्दा पहिले आँखा धमिलो हुने त्यसपछि क्रमशः मुटु र मिर्गौलामा  समस्या देखिने गरेको छ । 

नेपाली राजूतावासले विवरण प्राप्त भएपछि कुवेती अधिकारीहरूसँग समन्वय गरी शव नेपाल पठाउने श्रम सहचारी आचार्यले जानकारी दिए ।

मुटु तथा मिर्गौलामा समस्या देखिने बिरामीहरूकाे अस्पताल बसाइँ लम्बिने बताइएकाे छ । मिर्गौलाकाे पटकपटक डायलासिस गर्नुपर्ने भएकोले उनीहरूलाई  समस्या हुने बताईएकाे छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise