२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

भिजिट भिसामा मलेसिया पुगेर अलपत्र परेका कामदारको उद्धार

shivam cement
तिलोचन गौतम
२०८२ भदौ १ गते ०६:२५
भिजिट भिसामा मलेसिया पुगेर अलपत्र परेका कामदारको उद्धार

क्वालालम्पुर, मलेसिया : भिजिट भिसामा मलेसिया पुगेका धनुषा जिल्लाका प्रह्लाद सहबनियालाई नेपाली दूतावासले उद्धार गरी स्वदेश पठाएको छ ।

हाल मलेसियामा वैधानिक रूपमा कामदार पठाउने प्रक्रिया सुस्त भइरहेका बेला विभिन्न दलाल र एजेन्सीहरूले कम खर्च र आकर्षक पारिश्रमिकको प्रलोभन देखाई नेपालीहरूलाई भिजिट भिसामार्फत ल्याउने क्रम बढ्दो छ । यसै कारण धेरै नेपाली अलपत्र पर्ने गरेका छन् ।

यस्तै अवस्थामा मलेसिया पुगेका सहबनिया अचानक बिरामी परेपछि १४ अगस्टमा एक अपरिचित व्यक्तिले उनलाई दूतावास परिसरमा छोडेको थियो । कमजोर स्वास्थ्यका कारण दुई पटकसम्म बेहोस भएका उनलाई तत्कालै स्थानीय क्लिनिकमा उपचार गराइएको दूतावासले जनाएको छ । चिकित्सकले उनलाई उच्च रक्तचाप र मधुमेह भएको पुष्टि गरेका थिए ।

दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई १६ अगस्टमा बटिक एयरमार्फत स्वदेश फर्काएको हो ।

यसै सन्दर्भमा दूतावासले अवैधानिक बाटोबाट मलेसिया नआउन र कुनै दलाल वा प्रलोभनमा नपरी श्रम स्वीकृति लिएर मात्र वैधानिक तरिकाले आउन आग्रह गरेको छ । साथै, समस्यामा परे तत्कालै दूतावासमा सम्पर्क गर्न पनि नेपाली कामदारलाई दूतावासले अपिल गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise