२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

मलेसियाले प्लान्टेसनमा तत्कालै करिब ४० हजार विदेशी कामदारको कोटा स्वीकृत गर्ने

shivam cement
२०८२ साउन ३० गते ०६:२०
मलेसियाले प्लान्टेसनमा तत्कालै करिब ४० हजार विदेशी कामदारको कोटा स्वीकृत गर्ने

क्वालालम्पुर : मलेसियाले प्लान्टेसन क्षेत्रका लागि तत्कालै ३५ देखि ४० हजार विदेशी कामदारको कोटा स्वीकृत गर्ने भएको छ । गत जुलाई ९ तारिकसम्म ४ सय ३४ कम्पनीका लागि ३४ हजार विदेशी कामदार भर्नाका लागि स्वीकृति दिएकोमा विदेशी कामदारको अभाव यथावत् रहेपछि थप कामदारको कोटा स्वीकृत गर्न लागेको प्लान्टेसन एन्ड कमोडिटिज मन्त्रालयले बिहीबार जनाएको छ ।

उपमन्त्री दातुक चान फूङ हिनले श्रम अभावलाई सम्बोधन गर्नु र राष्ट्रिय उत्पादकत्व र उत्पादन बढाउन विशेष कोटाहरू स्वीकृत गर्नुपरेको बताए । मलेसियाको प्लान्टेसन तथा पाम आयल क्षेत्रमा कामदारको अभाव भएपछि त्यहाँको संसद्मा सांसदहरूले सरकारसँग जवाफ माग गरेका थिए ।

मलेसिया अध्यागमन विभागको तथ्यांकअनुसार यस वर्ष जुन ३० सम्म प्लान्टेसन क्षेत्रमा २ लाख ५८ हजार १ सय ५३ विदेशी रहेका छन् । करार अनुमतिको समयावधि सकिएका कारण कामदारहरू बिदामा घर फर्किँदा पनि विदेशी कामदारहरूको थप आवश्यकता देखिएको बताइएको छ । लगभग ८० प्रतिशत आप्रवासीहरू रहेकोे मलेसियाको प्लान्टेसन क्षेत्रमा  इन्डोनेसिया, भारत, नेपाल र बंगलादेशबाट गएका कामदार कार्यरत रहेका छन् । मलेसियाले विश्वको ३९ प्रतिशत पाम तेल उत्पादन गर्छ भने विश्वभर हुने निर्यातको ४४ प्रतिशत हिस्सा ओगटेको छ ।

ADV

सम्बन्धित खबर

Advertise