२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते १७:४०
इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु

काठमाडौंः इटालीको टापु लाम्पेडुसाको तटमा  बिहीबार डुङ्गा दुर्घटना हुदाँ कम्तिमा २७ जना आप्रवासी तथा शरणार्थीहरू डुबेको  संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत जनाएका छन् ।  

सामाजिक सञ्जाल एक्समा ग्रान्डीले सन् २०२५ मा मध्य भूमध्यसागरमा  ७०० भन्दा बढी शरणार्थी र आप्रवासीले ज्यान गुमाएको बताए । उनले घटनाको पुष्टि गर्दै समुद्रमा उद्धार, सुरक्षित मार्गहरू, ट्रान्जिट देशहरूलाई मद्दत गर्ने र घटनालारुई सम्बोधन गर्नेु पर्ने जनाए । 

युएनएचसीआर इटालीका सञ्चार अधिकारीका अनुसार एजेन्सीले हाल भग्नावशेषबाट जिवित मानिसहरूलाई सहयोग गरिरहेको छ । उनीहरुले यस वर्ष मात्र मध्य भूमध्यसागरमा ६७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको बताएका छन् । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को भूमध्यसागरका लागि समन्वय कार्यालय प्रवक्ता फ्लेभियो डि गियाकोमोले घटनाहरूको विवरण दिए । सामाजिक सञ्जाल एक्समा जियाकोमोले करिब ९५ जना लिबियाबाट दुई डुङ्गामा गएका  तर एउटा जहाज डुब्न थालेपछि सबै यात्रुहरू अर्को ङ्गामा चढ्दा अत्यधिक भारका कारण डुङ्गा पल्टिएको जनाइएको छ ।  

दुर्घटनामा परेर बाँचेका ६० जना व्यक्तिहरूलाई उद्धार गरिएको तथा ३५ जना बेपत्ता भएको आशङ्का गरिएको जियाकोमोले स्पष्ट पारे । इटालीस्थित आइओएमको भूमध्यसागरीय समन्वय कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार यस वर्ष अगस्ट १३ सम्म भूमध्य मार्गमा कम्तीमा ९६२ आप्रवासीको मृत्यु भएको छ भने मध्य भूमध्यसागरमा ६७५, पश्चिमी भूमध्यसागरमा १५५ र पूर्वी भूमध्यसागरमा १३२ जनाको मृत्यु भएको छ ।

सन् २०१४ देखि मध्य भूमध्य मार्गलाई आइओएमले विश्वको सबैभन्दा घातक मार्गको रूपमा पहिचान गरेको छ, जसमा २५ हजार २६० भन्दा बढी मानिसको हताहत भएको रिपोर्ट गरिएको छ । आइओएमले वास्तविक मृत्युको सङ्ख्या अझै बढी हुनसक्ने चेतावनी दिएको छ ।   

ADV

सम्बन्धित खबर

Advertise