२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

वैदेशिक रोजगारीमा पठाउने भन्दै झन्डै सवा ४ करोड ठग्ने पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते २२:०१
वैदेशिक रोजगारीमा पठाउने भन्दै झन्डै सवा ४ करोड ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाउने भन्दै झण्डै सवा ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बझाङको बुंगल नगरपालिका–६ का त्रिलोक सिंहलाई चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ  गरेको हो ।

काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका उनले एनएएन मेरिटाएम ट्रेनिङ एन्ड एजेन्सी प्रालि सञ्चालन गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । उनलाई  कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise