२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वैदेशिक रोजगारीमा पठाउने भन्दै झन्डै सवा ४ करोड ठग्ने पक्राउ

Nada
२०८२ साउन २८ गते २२:०१
Shares
वैदेशिक रोजगारीमा पठाउने भन्दै झन्डै सवा ४ करोड ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाउने भन्दै झण्डै सवा ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बझाङको बुंगल नगरपालिका–६ का त्रिलोक सिंहलाई चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ  गरेको हो ।

ncell

काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका उनले एनएएन मेरिटाएम ट्रेनिङ एन्ड एजेन्सी प्रालि सञ्चालन गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । उनलाई  कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर