२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रगतिशील मञ्चद्वारा मलेसिया सिन्डिकेटको खतराबारे सरकारको ध्यानाकर्षण

Nada
२०८२ साउन २९ गते ०६:४०
Shares
प्रगतिशील मञ्चद्वारा मलेसिया सिन्डिकेटको खतराबारे सरकारको ध्यानाकर्षण

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले मलेसियासँगको द्विपक्षीय श्रम सम्झौतामा कामदारको हित हुने भन्दै अलमलमा पारेर सिन्डिकेट लगाउने खतरा रहेकाले सचेत हुन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

ncell

मञ्चले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।

नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार गर्ने प्रयासको विषय सार्वजनिक भएको भन्दै मञ्चले त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट नै प्रतिवाद गरिनुपर्ने बताएको छ । 

यस विषयमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयका सचिव, विभिन्न राजनीतिक दलका सचेतक, अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूलगायतसँग छलफल गर्ने भन्दै मञ्चले निकट भविष्यमै एक प्रतिनिधिमण्डल मलेसिया पठाई यस विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने पनि बताएको छ ।

करिब ३ लाख ३५ हजार नेपाली श्रमिक वैधानिक रूपमा काम गर्ने मलेसियामा ७ देखि १० प्रतिशत श्रमिक नैतिक भर्ना प्रक्रियाअन्तर्गत जाने गरेको उल्लेख गर्दै मञ्चले आप्रवासी कामदार भर्ना प्रक्रिया सिन्डिकेटमार्फत प्रणालीगत रूपमा नियन्त्रण गर्न ठुलो आर्थिक चलखेल गरेर निश्चित व्यवसायीलाई मात्र उक्त भर्ना प्रणालीमा प्रवेश गराउने वा नेपालमा समस्या खडा गरेर नेपालबाट कामदार पठाउन बन्द गर्ने प्रपञ्च भएको जिकिर गरेको छ । 

विगतमा मलेसियाले बंगलादेशबाट कामदार ल्याउन एकाधिकार प्रणाली प्रयोग गर्दा हजारौं श्रमिक आर्थिक शोषणमा परेको मञ्चले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर