२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बंगलादेशमा मलेसियामा मानव तस्करी र सम्पत्ति शुद्धीकरणको अभियोग लागेकाहरूलाई सफाइ

Nada
२०८२ साउन २८ गते ०६:३५
Shares
बंगलादेशमा मलेसियामा मानव तस्करी र सम्पत्ति शुद्धीकरणको अभियोग लागेकाहरूलाई सफाइ

काठमाडौं : बंगलादेशको आपराधिक अनुसन्धान विभाग (सिआइडी)ले मलेसियामा मानव तस्करी र सम्पत्ति शुद्धीकरणको अभियोग लागेकाहरूलाई सफाइ दिएको छ । सफाइ पाउनेमा पूर्वप्रवासी कल्याणमन्त्री, पूर्वसचिव, ठुलो संख्यामा रहेका सांसदहरू र १ सय १ म्यानपावर कम्पनी रहेका छन् ।  

ncell

मलेसियाली अधिकारीहरूले बंगलादेशलाई मलेसियामा कामदार भर्नाको सम्बन्धमा लगाइएका आरोपहरूमा कारबाही वा फिर्ता लिन अनुरोध गरेको तीन महिनापछि बंगलादेशको आपराधिक अनुसन्धान विभागले उक्त  कदम चालेको हो ।

गत जुलाई १५ तारिकमा ढाकाको मानव बेचबिखन विरोधी विशेष न्यायाधिकरणमा पेस गरिएको अन्तिम प्रतिवेदनमा सिआइडीका प्रहरी निरीक्षक मोहम्मद रसेलले अनुसन्धानमा आरोपहरूको पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको बताएको बंगलादेशका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

म्यानपावर कम्पनीविरुद्ध मलेसिया जाने कामदारबाट ५ लाख टाका असुली गरेको आरोप थियो, तर अनुसन्धानमा सहभागी कामदारहरूले ७८ हजार ९ सय टाका मात्र तिरेको स्वीकार गर्ने कागजातहरूमा हस्ताक्षर गरेका थिए । बढी रकम तिरेको दाबी गर्ने कामदार आफैंले उजुरी दर्ता गर्नुपर्नेमा कसैले पनि उजुरी दर्ता नगरेपछि सबैले सफाइ पाएका हुन् । 

यसअघि गत अप्रिल २३ मा मलेसियाली मानव संशाधन मन्त्रालयका महासचिव दातुक अजमान बिन मोहम्मद युसुफले प्रवासी कल्याण मन्त्रालयका सचिव न्यामत उल्लाह भुइयानलाई मलेसियामा कामदार भर्नासँग सम्बन्धित मुद्दाहरूको टुंगो लगाउन अनुरोध गर्दै पत्र लेखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर