२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

राससको महाप्रबन्धकमा राई नियुक्त

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते १०:५५
राससको महाप्रबन्धकमा राई नियुक्त

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise