२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

प्रधानमन्त्रीद्वारा युवा दिवसको शुभकामना

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते १०:२७
प्रधानमन्त्रीद्वारा युवा दिवसको शुभकामना

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत  युवाहरूलाई शुभकामना दिएका हुन् । 

“आज अन्तरराष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्‍यो । पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने संकल्प पूरा हुनेछ ।”  

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ । राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise