२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान  

Nada
२०८२ साउन २७ गते ०८:२४
Shares
गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान  

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो । 

ncell

गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए । उनले भने, “७० वर्ष पहिला आँबुखैरेनी आएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । सबैले दुर्गा ठकुरी भनेर चिन्नुहुन्थ्यो, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौँ ।”

वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए । “उहाँ कोसँग यहाँ आउनुभयो, उहाँको परिवार को हो भन्ने कसैलाई थाहा छैन । खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा मात्र ४० वर्ष बस्नुभयो ।”

बाबुआमाको पहिचान नखुलेकी महिलालाई आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर