२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नृत्य निर्देशक संघ नेपालको दशौं वार्षिकोत्सवमा निःसहाय ज्येष्ठ नागरिकलाई भोजन

Nada
२०८२ साउन २६ गते २२:५४
Shares
नृत्य निर्देशक संघ नेपालको दशौं वार्षिकोत्सवमा निःसहाय ज्येष्ठ नागरिकलाई भोजन

काठमाडौं : नृत्य निर्देशक संघ नेपालको दशौं स्थापना दिवस निःसहाय ज्येष्ठ नागरिकलाई भोजन गराउँदै सम्पन्न भएको छ । अध्यक्ष भुवन दास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रका प्रमुख अतिथि नृत्य सम्राट भैरवबहादुर थापा रहेका थिए । 

ncell

No description available.

विशेष अतिथिमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखत बहादुर हमाल,  नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ चलचित्र नृत्य निर्देशक राजु शाह, वरिष्ठ नृत्य निर्देशक  तथा केन्द्रीय सल्लाहकार डा.आरसी कोइराला ‘रामचन्द्र’, वरिष्ठ नृत्य निर्देशक  तथा केन्द्रीय सल्लाहकार जोगेन्द्र केसी, कानुनी सल्लाहकार सन्तोष रानामगर उपस्थित रहेको थियो । 

कार्यसमिति सदस्य प्रमिला ढकालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संघका सचिव रवि रानामगरले सञ्चालन गरेका थिए । 

उक्त कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, काठमाडौं जिल्ला शाखा, भक्तपुर जिल्ला शाखाको बाक्लो उपस्थिति रहेको थियो । काठमाडौंको तिनकुनेमा रहेको निः सहाय सेवा सदनमा रहेका ५० भन्दा  धेरै आमा–बुबाहरुलाई खाना ख्वाउने कार्य गरी कार्यक्रम सम्पन्न  भएको थियो ।

No description available.

ताजा खबर

सम्बन्धित खबर