२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मलेसियामा रोजगारीको दरमा सुधार, घटेर ३ प्रतिशत

Nada
२०८२ साउन २६ गते १८:०२
Shares
मलेसियामा रोजगारीको दरमा सुधार, घटेर ३ प्रतिशत

काठमाडौंः मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अंकले कमी हो ।

ncell

मलेसियाको तथ्यांक विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई संकेत गर्छ।

उक्त अवधिमा श्रम शक्तिको संख्या ०.८ प्रतिशतले वृद्धि भइ एक करोड ७३ लाख ७० हजार पुगेको छ। साथै, श्रम शक्ति सहभागिता दर पनि ०.१ प्रतिशतले वृद्धि भइ ७०.८ प्रतिशतमा पुगेको उल्लेख गरिएको छ।

त्यसैगरी, रोजगारी प्राप्त व्यक्तिहरूको संख्या ०.९ प्रतिशतले बढेर एक करोड ६८ लाख ५० हजार पुगेको छ भने बेरोजगार व्यक्तिको संख्या एक प्रतिशतले घटेर ५ लाख २० हजार ९ सय मा झरेको छ।

रिपोर्टमा मलेसियाको श्रम बजार आगामी महिनाहरूमा स्थिर रहने अपेक्षा गरिएको छ।

यद्यपि, केही चुनौतीहरू पनि विद्यमान छन् ।तर, सरकारले अगाडि सारेका डिजिटलीकरण, प्राविधिक तालिम र लगानी प्रोत्साहनसम्बन्धी नीतिहरूले मध्यमदेखि दीर्घकालीन अवधिमा श्रम बजारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। 
 

ताजा खबर

सम्बन्धित खबर