२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पाकिस्तानमा पहिरोका कारण आठ जनाको मृत्यु, चार घाइते

Nada
२०८२ साउन २६ गते १५:५५
Shares
पाकिस्तानमा पहिरोका कारण आठ जनाको मृत्यु, चार घाइते

काठमाडौंः पाकिस्तानको गिलगिट जिल्लामा सोमबार गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

ncell

प्रहरीका अनुसार स्वयंसेवकहरूको समूह देशको गिलगिट–बाल्टिस्तानको जिल्ला गिलगिटको डान्योर नामक बाढी प्रभावित खोलाको जीर्णोद्धार गरिरहेको अवस्थामा घटना भएको हो ।

उनीहरु यस अघि बाढीबाट क्षतिग्रस्त भएको संरचना मर्मत गर्ने सामुदायिक टोली भएको उल्लेख गर्दै काम गरिरहेको अवस्थामा पहाडबाट माटो र चट्टानहरू अचानक झरेपछि धेरै मानिसहरू भग्नावशेषमुनि पुरिएको प्रहरीले जनाएको छ ।

उद्धार टोली, प्रहरी र स्थानीयहरूले घटनास्थलबाट आठ वटा शव र चार घाइतेलाई भग्नावशेषबाट बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको तथा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ ।

केही व्यक्तहरु पहिरोमा फसेको आशङ्कामा खोजी अभियान जारी रहेको जनाउदै प्रहरीले पहिरो प्रभावित क्षेत्रमा सुरक्षित रहन सर्वसाधारणलाई चेतावनी जारी गरेको छ ।

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले उक्त घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । क्षतिग्रस्त संरचना निर्माणमा तल्लिन साहसी स्वयंसेवकहरूको बलिदानलाई सधैँ स्मरण गरिने जनाउदै दुःखको  समयमा सरकार उनीहरुको परिवारको  साथमा रहेको उल्लेख गर्दै उनले विज्ञप्ति जारी गरेका छन् । एजेन्सी 

ताजा खबर

सम्बन्धित खबर