२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

Nada
२०८२ साउन २६ गते १५:४३
Shares
रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

जलेश्वरः महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

ncell

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०/३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए ।

बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए ।   

ताजा खबर

सम्बन्धित खबर