२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

मध्यान्ह दैनिकद्वारा तिज विशेष शुभकामना कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन २४ गते २१:५४
मध्यान्ह दैनिकद्वारा तिज विशेष शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं : तिजको अवसरमा मध्यान्ह राष्ट्रिय दैनिकले विशेष कार्यक्रमको आयोजना गरेको छ । शनिबार काठमाडौंको नक्सालस्थित दैनिकको कार्यालय परिसरमा ‘तिज शुभकामना आदान–प्रदान कार्यक्रम २०८२’ भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा मध्यान्ह दैनिकका महिला कर्मचारीहरू, पुरुष कर्मचारीका परिवारजन तथा विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूबीच तिजको शुभकामना आदान–प्रदानसँगै दर खाने, नाचगान तथा सांस्कृतिक प्रस्तुति जस्ता रमाइलो कार्यक्रमहरू आयोजना गरिएको थियो ।

सो अवसरमा मध्यान्ह दैनिककी प्रकाशक सितादेवी श्रेष्ठले सहभागी सम्पूर्ण दिदीबहिनीहरूलाई सौभाग्यको प्रतीक चुरा, पोते र टिका प्रदान गर्दै हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरिन् । 

हरितालिका तिज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिनसम्म मनाइने नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण पर्व हो। शिव–पार्वतीको सम्बन्धसँग जोडिएको यस व्रतमा महिलाहरूले पतिको दीर्घायु, स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै ब्रत बस्ने परम्परा रहिआएको छ ।

हालका वर्षहरूमा तिज पर्वमा देखिएको भड्किलोपन र विकृति हटाई पर्वलाई मूल उद्देश्यअनुसार धर्म, संस्कृति र सभ्यताको रूपमा मनाउन आग्रह गर्दै मध्यान्ह राष्ट्रिय दैनिकले शुभकामना व्यक्त गरेको छ ।


ADV

सम्बन्धित खबर

Advertise