२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

भेडी गोठमा भेटिए सम्पर्कविहीन तीर्थयात्री 

shivam cement
२०८२ साउन २४ गते १६:१५
Shares
भेडी गोठमा भेटिए सम्पर्कविहीन तीर्थयात्री 

काठमाडौँ : बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका-९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडी गोठमा भेटिएका छन् । 

मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उनलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । 

शुक्रबार ५:३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको र त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएकाले उहाँको खोजी लागि प्रहरी परिचालन गरिएको थियो । 

ADV

सम्बन्धित खबर