२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

चितवनमा दर्ताबिनाका कन्सल्टेन्सी र ल्यांग्वेज सेन्टर बन्द गर्न निर्देशन

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते २१:३३
चितवनमा दर्ताबिनाका कन्सल्टेन्सी र ल्यांग्वेज सेन्टर बन्द गर्न निर्देशन

चितवन : शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका चितवनका ४५ वटा संस्था बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरूलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, ‘जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौं । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।’

बिनाअनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासनले विभिन्न चरणमा आवश्यक काजगपत्र पेस गर्न सूचना जारी गरेको थियो । उनका अनुसार पहिलो चरणमा २ सय ४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । तीबाहेक अन्यलाई बन्द गर्न निर्देशन दिइएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise