काठमाडौंः युरोपेली आयोगले औपचारिक रूपमा ९३ अर्ब युरो (लगभग १०८ अर्ब अमेरिकी डलर) बराबरको अमेरिकी आयातमा योजनावद्ध प्रतिशोधात्मक कर स्थगित गरेको छ । जुन लागू हुनुभन्दा केही दिन अघि मात्र रोकेको हो ।
आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले यो निर्णय आपतकालीन प्रक्रिया अन्तर्गत अपनाइएको हो । दुई हप्ताभित्र सदस्य राष्ट्रहरूको साधारण बहुमतबाट औपचारिक अनुमोदन आवश्यक पर्नेछ । करहरू अगस्ट ७ मा लागू हुने तालिका थियो ।
यो घोषणा हुनुभन्दा अगाडि, फ्रान्स र जर्मनी लगायत प्रमुख सदस्य राष्ट्रहरूबाट आलोचना बढ्दै गएको छ । सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकामा हुने धेरैजसो इयु आयातमा १५ प्रतिशतको भन्सार शुल्क लाग्नेछ । जबकि ब्लकले थप अमेरिकी ऊर्जा उत्पादनहरू खरिद गर्ने र अमेरिकी बजारमा लगानी बढाउने प्रतिवद्धता गरेको छ ।