२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

कुवेतमा उडान वृद्धिका लागि आग्रह

shivam cement
२०८२ साउन २२ गते ०६:२५
कुवेतमा उडान वृद्धिका लागि आग्रह

कुवेत सिटी : कुवेत नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष शेख हुमुद मुबारक अल–हुमुद अल–सबाहले नेपालसँग हवाई उडान वृद्धिका लागि आग्रह गरेका छन् । मंगलबार कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालसँग नागरिक उड्डयन क्षेत्रमा सहयोग सुदृढ पार्ने उपायहरू बारे छलफल भएको अरब टाइम्सले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षले कुवेत र नेपालबीच हवाई सम्पर्क सुधार गर्ने उपायहरूबारे छलफल गरेको भन्दै समाचारमा वैदेशिक रोजगार प्रक्रियामा रहने कामदारसहित शैक्षिक तथा अन्य भ्रमणका यात्रुहरूको यात्रालाई सहज बनाउने कुरामा ध्यान केन्द्रित गरिएको बताइएको छ ।

शेख हुमुदले छलफलमा दुई देशबीचको हालको उडान व्यवस्थालाई परिमार्जन र अद्यावधिक गर्ने पारस्परिक सम्झौता गर्ने विषय समावेश रहेको भन्दै त्यसले कुवेतमा बढी रहेको नेपाली समुदाय र नेपाल भ्रमणमा आउन चाहने कुवेती नागरिकलाई सहज हुने विषयमा छलफल भएको बताए ।

हालका वर्षहरूमा कुवेतमा नेपाली समुदाय दोब्बरले वृद्धि भएको छ । अघिल्ला वर्षहरूमा रहेको नेपालीको संख्या ८० हजारबाट बढेर एकैपटक १ लाख ६० हजार पुगेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल भ्रमण गर्ने कुवेती पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको बताइएको छ ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको भएपनि कुवेत जाने नेपाली घरेलु कामदारको संख्यामा ६१ प्रतिशतले वृद्धि भएको छ । कुवेतको घरेलु श्रम बजारमा पुगेका नेपाली महिला कामदारको संख्याले कुवेती अधिकारीहरू र सञ्चारमाध्यमहरू आश्चर्यमा परेका छन् । उनीहरूले कुवेतमा  नेपाली महिला घरेलु कामदारको बाढी नै आएको टिप्पणी गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise