२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते १७:२८
किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

काठमाडौंः भारत–तिब्बत सीमा प्रहरी (आइटिबिपी) ले हिमाचल प्रदेशको किन्नेर जिल्लाको किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीलाई उद्धार गरेको छ ।

आईटीबीपीको १७ औँ बटालियनका कर्मचारीले तीर्थयात्रीहरूलाई सुरक्षित रूपमा निकाल्न डोरीको सहयोगमा ‘ट्राभर्स क्रसिङ’ प्रविधि प्रयोग गरेर उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ ।  

किन्नेर जिल्ला प्रशासनबाट प्रभावित क्षेत्रमा थप मानिसहरू फसेको चेतावनी प्राप्त भएपछि आइटिबिपी र एनडीआरएफ टोलीहरूलाई पुनः परिचालन गरियो र सघन खोजी र उद्धार कार्य जारी राखिएको छ ।

आइटिबिपीले बाँकी सबै तीर्थयात्रीको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन र अन्य सम्बन्धित निकायसँग नजिकबाट समन्वय गर्दै सबै सम्भावित सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको  छ।  

यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मौसमी चेतावनी जारी गर्दै बिलासपुर, सोलन, सिमला, सिरमौर र मन्डी जिल्लाहरूमा तीव्र वर्षा र हिमाचल प्रदेशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ ।

यसबाहेक चम्बा, काँगडा, हमिरपुर, उना, लाहुल र स्पिति, किन्नेर र कुल्लु जिल्लाका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । निरन्तरको भारी वर्षाले सिमलामा सामान्य जनजीवन प्रभावित भएको छ, जसले गर्दा जिल्लाका अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसडिएमए) को रिपोर्ट अनुसार यस वर्ष जुन २० देखि अगस्ट ५ सम्म मनसुनी मौसममा हिमाचल प्रदेशमा १९४ जनाको मृत्यु भएको छ भने कैयो घाइते भएका र ठूलोे सङ्ख्यामा भौतिक संरचनामा क्षति भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise