काठमाडौं : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२५ मा ५ हजार ३ सय कामदार लैजाने भएको छ । ईपीएस ग्वार्को शाखाले सोमबार सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३ सय जना नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरिएको बताएको छ ।
कृषिअन्तर्गत ३५ सय र उद्योग क्षेत्रमा १८ सय कोटा तोकिएको छ । एक जनाले एक क्षेत्रमा मात्र फारम भर्न पाउनेछन् । परीक्षाका लागि यसै महिनाको २६ गतेदेखि ३१ गतेसम्म फारम भर्न पाइने सूचनामा उल्लेख छ । परीक्षा तालिका भने केही समयपछि मात्रै सार्वजनिक गर्ने ईपीएस ग्वार्काेले जनाएको छ ।