२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘वैदेशिक रोजगारीमा जाँदा सीपयुक्त भएर मात्र जानुपर्छ’

Nada
रासस
२०८२ साउन १७ गते २२:०२
Shares
‘वैदेशिक रोजगारीमा जाँदा सीपयुक्त भएर मात्र जानुपर्छ’

काठमाडौं : वैदेशिक रोजगारीमा जाँदा सीपयुक्त भएर मात्र जानुपर्ने विज्ञले बताएका छन् । क्यानडामा रोजगारीका सम्भावनाका विषयक एक छलफल कार्यक्रममा आफ्ना धारणा राख्दै क्यानडास्थित सेन्टेनियल कलेजका प्रा.डा. तुलसी धरेलले सीप भए जुनसुकै ठाउँमा पनि जिन्दगी सहज हुने बताए ।

ncell

उनले सीप नजानेमा कहीँ पनि अवसर नपाइने उल्लेख गर्दै सीपयुक्त भएर विदेश जाँदा दुःख नपाइने बताए । विगत २५ वर्षदेखि क्यानडाको कलेजमा अध्यापन गराउँदै आएका डा. धरेलले क्यानडालगायत विश्वका अधिकांश पश्चिमा मुलुकहरुमा दक्ष जनशक्तिको खाँचो रहेको र त्यसमा पनि स्वास्थ्य क्षेत्रका जनशक्तिको माग बढी भएको बताए । 

उनले भने, ‘क्यानडामा झन्डै एक लाखजति नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ । रोजगारी, रेस्टुरेन्ट व्यवसाय, घरजग्गा कारोबार, सौन्दर्य पेसा आदिमा नेपालीहरु काम गरिरहेका छन् । नेपालको शिक्षाको स्तर राम्रो छ त्यसैले पनि दक्ष जनशक्ति त्यहाँ जाँदा काम नपाउने भन्ने हुँदैन ।’

क्यानेडियन मार्केटिङ एसोसिएसनका काउन्सिल सदस्यसमेत रहेका डा. धरेलले नेपालीहरू उच्चस्तरको पेसामा काम गरिरहेको बताउँदै क्यानडा केही वर्षयता रोजगारी तथा अवसरको राम्रो गन्तव्य बनेको बताए । उनले दक्ष जनशक्ति विदेश पलायन भए भनेर नकारात्मक धारणा पाल्न नहुने बताए । उनले भने, ‘दक्ष जनशक्तिलाई पठाउनुपर्छ । जीवनस्तर पनि उकासिन्छ र राष्ट्रको पनि इज्जत बढ्छ । दक्ष जनशक्तिलाई विदेश पठाउनुहुन्न भनेर नकरात्मक सोच राख्नुहुन्न ।’

ताजा खबर

सम्बन्धित खबर