२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

साउदीको दम्माममा ३ सय ७१ नेपालीले पाए नयाँ राहदानी

shivam cement
अन्जान गुभाजु
२०८२ साउन १६ गते २०:०७
साउदीको दम्माममा ३ सय ७१ नेपालीले पाए नयाँ राहदानी

दम्माम, साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्र दम्माममा रियादस्थित नेपाली दूतावासले आयोजना गरेको राहदानी वितरण कार्यक्रममा ३ सय ७१ जना नेपालीले नयाँ राहदानी प्राप्त गरेका छन् ।

पूर्वी क्षेत्रका नेपाली श्रमिकहरूको सुविधालाई ध्यानमा राखेर गरिएको यस कार्यक्रममा दम्माम, जुबेल, अलहासा, खोबर, कतिफलगायतका स्थानमा कार्यरत नेपालीहरूले नयाँ राहदानी पाएका हुन् । दूतावासका अनुसार जुलाई ७ सम्म राहदानी नवीकरणका लागि आवेदन दिएका श्रमिकहरूलाई वितरण गरिएको हो ।

दूतावासका पूर्वी क्षेत्रका स्थानीय अधिकारी नारायण पासवानले राहदानी वितरण सेवाले श्रमिकहरूका लागि प्रक्रिया झन्झटमुक्त र पहुँचयोग्य बनेको बताए । 

No description available.

राहदानी प्राप्त गरेका सेवाग्राही विमल तामाङले गर्मी र भिड कम भएको स्थानमा राहदानी पाउँदा सहज अनुभव भएको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन दूतावाससँग आग्रह गरे ।

कार्यक्रम दूतावासका अधिकारी पासवानको नेतृत्वमा सम्पन्न भएको थियो । उनलाई स्थानीय कर्मचारी अजगर अली, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको सहयोग रहेको थियो । कार्यक्रममा सहयोग पुर्‍याएकोमा एभरेष्ट नेपाली रेस्टुरेन्ट, स्वयंसेवक, दूतावासका कर्मचारी तथा अन्य सबैलाई धन्यवाद दिँदै पासवानले आगामी दिनमा पनि यस्ता सेवा निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरे ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise